मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

एसियाको उत्कृष्ट रोजगारदाता अवार्डबाट चौधरी ग्रुप सम्मानित

  • प्रकाशित मिति : मङ्लबार, साउन १७, २०७४



  • चौधरी ग्रुपलाई एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित गरिएको छ। सिंगापुरको ले–मेरिडियनमा मंगलबार वर्ल्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्वारा आयोजित कार्यक्रममा गु्रपलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    वर्ल्ड  एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ।

    चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालको उत्कृष्ट जनशक्तिलाई ग्रुपमा स्वागत गरिएको बताउँदै मानव संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको बिषय भएको बताए।

    उनले आफ्नो ग्रुपलाई एसियाकै उत्कृष्ट कार्यस्थलका रुपमा स्थापित गर्न सकिएकोमा पनि खुसी ब्यक्त गरे। आगामी दिनमा मानव संसाधन व्यवस्थापनमा थप सुधार गर्दै लगिने प्रतिवद्धता उनले जनाए।

    यसअघि माइक्रोसफ्ट, सिमन्स, पानासोनिक, टी.सी.एल, हुआवे, हचिसन टेलिकम्युनिकेसन्स, फक्सस्वागन, मलेसियन एयरलाइन्स, होलिडे इन, नोकिया, एच.टी.सी., थाई एयरवेज, युनिलिभर एसिया, क्वान्टस, म्याकडोनाल्डस, पेट्रोनास, फिजर, यू.पी.एस., मरिना बे स्यान्ड्स्, मास्टरकार्ड, रोल्स रोयस, केलोग्स, पेप्सी लगायतले उक्त अवार्ड प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij