प्रकाशित मिति : बुधबार, साउन १८, २०७४

बैठकमा बोल्दै नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सरकारको निर्णय अनुसारनै जग्गा खरिद गरिएको दावी गरे । उनले जग्गा खरिद ऐन अनुसार प्रक्रिया अघि बढाउँदा ढिलाई हुने भएकाले टेण्डर आह्वान गर्नु परेको स्पष्टिकरण पनि दिए । प्रबन्ध निर्देशक खड्काले पेट्रोलियम पदार्थको अभाव हुन नदिन पनि जग्गा खरिद प्रक्रिया छिटो अघि बढाउन निगम बाध्य हुनु परेको पनि उल्लेख गरे ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन् । विचौलियामार्फत कमिसन लिएर जग्गा खरिद गरेको पाइएको पनि संसदीय समितिहरुको दावी छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij