मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

त्रिशूली अस्पतालबाट फार्मेसी सञ्चालन

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • नुवाकोट । नुवाकोट जिल्ला अस्पतालले आजदेखि फार्मेसी ९औषधि पसल० सञ्चालनमा ल्याएको छ ।

    सरकारी अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन सहित बजेट विनियोजन भएपछि रु पाँच लाखको लगानीमा उक्त अस्पतालले कोटेशनमार्फत औषधि खरिद गरेर फार्मेसी सेवा सञ्चालनमा ल्याएको निमित्त मेडिकल सुपरिटेण्डन डा सूर्यप्रसाद भुषालले जानकारी दिनुभयो ।

    अस्पतालको फार्मेसीमा निजी औषधि पसलको भन्दा पाँच प्रतिशत सस्तो मूल्यमा २४ सैघण्टा सेवा उपलब्ध हुने निमित्त डा भुषालले बताउनुभयो । फार्मेसीले ७४ प्रकारका औषधि सःशुल्क र ५० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउन थालेको छ ।

    फार्मेसी शुभारम्भ गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले फार्मेसी सञ्चालन भन्दा पनि सेवालाई प्रभावकारी , निरन्तर र चिकित्सकले तोकेअनुसारका औषधि उपलब्ध गराउन सुझाव दिनुभयो ।

    विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले अस्पतालमा खस्कदै गएको सेवा सुधारका लागि फार्मेसी सञ्चालनले सकारात्मक सन्देश दिएकाले औषधि वितरण तथा सञ्चालनको मापदण्ड प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

    पन्ध्र श्यया क्षमताको अस्पताललाई २०६९ वैशाख सातदेखि ५० श्ययामा स्तरोन्नति गरी सञ्चालन हँुदै आएको छ । सो अस्पतालमा रसुवा र धादिङका समेत गरी दैनिक एक सय भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

    सो फार्मेसी २४सै घण्टा सञ्चालन हुने र आवश्यक सबै प्रकारका औषधि उपलब्ध गराउन पहल गर्दै जाने अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij