मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण

  • प्रकाशित मिति : बुधबार, साउन १८, २०७४



  • पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ ।

    स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की र अन्य जिल्लावाट पोखरा आई बसोबास गर्ने अपाङ्गलाई ६१ ह्विलचियर, २७ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, नौ जना अपाङ्गलाई बसेर नुहाउने कुर्सी, १२ वैशाखी र पाँच थान स्टोक सहयोग प्राप्त भएको थियो ।

    अपाङ्गलाई सामग्री वितरणपछि मन्त्री थापाले अपाङ्ग पनि समाजका सचेत नागरिक भएकाले उनीहरुको जीविकोपार्जनका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अपाङ्ग शारीरिक रुपमा अपाङ्ग भए पनि उनीहरुमा बौद्धिक क्षमता उच्च रहेको कसैले पनि उनीहरुलाई हेयको दृष्टिकोणले हेर्न नहुने बताउनुभयो ।

    जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनका अध्यक्ष पिटर डेनलकले विगत १८ वर्षदेखि नेपालका अपाङ्गको सहयोगका लागि आपूmले काम गर्दै आएको बताउँदै उनीहरुलाई अपाङ्ग सामग्री उपलब्ध गराउन पाएको खुशी व्यक्त गर्नुभयो ।

    समाजका अध्यक्ष हितमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता स्वावलम्बन विकास सङ्घका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, हेम गुरुङ र अञ्जना केसीले मन्तव्य व्यक्त गर्नुभयो । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij