शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

साठी वर्षपछि सडक बन्न लागेपछि स्थानीयवासी खुसी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • कपिलवस्तु ।  साठी वर्षपछि सडक बन्न लगेपछि कपिलवस्तु क्षेत्र नं ५ का जनता खुसी भएका छन् ।

    विसं २०१३ मा निर्माण सुरु गरेको आरटियोमा विवाद भएपछि निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको बाटो कालोपत्रे हुने खबरले अहिले कपिलवस्तुवासी खुसी भएका छन् ।

    क्षेत्र नं ५ का सांसद अभिषेक प्रताव शाहको संसदीय पूर्वाधार विकास कोष मार्फत प्राप्त बजेटबाट सडक निर्माण गर्न थालपछि आफूहरु धेरै खुसी भएको गणेशपुरका गयादिन कुर्मीले बताए। रु पाँच करोडको लागतमा पाँच किलोमिटर लम्बाइ रहेको सो सडक निर्माण अन्तिम चरणमा पुगेको सांसद शाहले बताए ।

    यो सडकको निर्माण चाँडै नै सम्पन्न गर्न थप बजेटका लागि पनि आफूले पहल गरिरहेको उल्लेख गर्दै उहाँले अहिले संसदीय पूर्वाधार विकास कोषअन्तर्गतको बजेटबाट यस क्षेत्रका आधादर्जनभन्दा बढी ठाउँका सडक निर्माण भइरहेको जानकारी दिए ।

    क्षेत्र नं ५ को बहादुरगन्ज गाविसस्थित दलित बस्तीमा रु १५ लाखको लागतमा एक किमी सडक कालोपत्रे गरिएको र धर्मनगरदेखि विशनपुर गाविस जोड्ने सडकमा रु ३० लाखको लागानीमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माण भइरहेको छ। यसैगरी क्षेत्र नं ५ कै ठाकुरपुरको सडकमा रु १३ लाखको लागतमा ग्राभेल, माटो पटान र कल्भर्ट निर्माणका कार्य भइरहेको र रु ३५ लाखको लागतमा पिपरी र पौकी बन्डाको सडक निर्माण हुने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij