मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

सप्तरीमा व्यावसायिक कारोबार गर्ने सङ्ख्यामा वृद्धि

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • सप्तरी जिल्लालगायत पूर्वाञ्चलमा नापतौलसम्बन्धी इजाजतपत्र लिई व्यावसायिक एवं व्यापारिक कारोबार गर्नेको संख्यामा अत्यधिक वृद्धि भएको छ ।

    गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय, विराटनगरका अनुसार आव २०७३/०७४ को एक वर्षमा दुई हजार ७६ व्यवसायीलाई कारोबार गर्न इजाजत पत्र दिएको बताइएको छ ।

    कार्यालय प्रमुख मनिष दासका अनुसार सो कारोबारका लागि इजाजतपत्र वितरण तथा व्यवसायीमाथिको कारबाहीबाट एक करोड १० लाख रुपैयाँ राजस्वसमेत संकलन भएको छ ।

    उक्त कार्यालयले नापतौलमा अनियमितता तथा उपभोक्तालाई ठगी गर्ने सप्तरीलगायत पूर्वाञ्चलका करीब दुई हजार ७ सय  व्यवसायीलाई कारबाही गरी जरिवाना गरेको छ ।

    कार्यालयबाट विशेष तथा नियमित अनुगमनको क्रममा नापतौल इजाजत पत्र नलिने र नवीकरण नगराउनेलाई कारबाही गरिएको प्रमुख दासले भने । पूर्वाञ्चलमा उक्त अवधिमा सात हजार ४ सउ  व्यवसायीले आफ्नो कारोबार गर्नका लागि नापतौल जाँच गराएका थिए ।

    सो अवधिमा सप्तरी र सिरहा जिल्लाका दुई दर्जन सुनचाँदी व्यवसायी नापतौल ठगी गर्नेक्रममा कारबाहीमा परेका थिए । रासस

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij