मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बैंक अफ काठमाडौं लिमिटेड द्वारा सरसफाई अभियान

  • प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४



  • काठमाडौं । बैंक अफ काठमाण्डू लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सरसफाई कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गर्ने जनाएको छ । उक्त सरसफाई कार्यक्रममा सहभागिताका लागि बैंकले स्थानीय प्रतिष्ठित व्यक्तिहरुलाई आव्हान गरेको छ । सरसफाईका लागि चाहिने औजार र अन्य सामग्रीहरुबैंकले नै व्यवस्था गर्ने भएको छ ।
    सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह«ी बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन  गर्ने जनाइएको छ । उक्त अवसरमा स्थानीय जनतालाई सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न पनि बैंक अफ काठमाण्डू लि. ले अनुरोध गरेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij