प्रकाशित मिति : बिहिबार, साउन १९, २०७४
भक्तपुर । खोलाले बगउँदा भक्तपुरमा एक महिलाको मृत्यू भएको छ । आज विहिबार दिउँसो ३ बजेतिर सूर्यविनायक नगरपालिका ७ नम्बर वडामा रहेको पाटीचौरमा रहेको ठाडो खोलाले बगाउँदा सोही नगरपालिका ४ की ५६ वर्षिय सत्यवती खड्का मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
खड्का खोला तर्ने क्रममा खोलाले बगाई मृत्यु भएको स्थानीयले प्रहरीलाई बताएका छन् । शवको पोष्टमार्डमको लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij