मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

कुलेखानी जलाशयमा भरिएन पानी, हिउँदमा लोडसेडिङको सम्भावना

  • प्रकाशित मिति : शुक्रबार, साउन २०, २०७४



  • वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ ।

    अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन ।

    कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।‘सबैतिरबाट धोका पाएको प्राधिकरणलाई वर्षातले पनि धोका दिन लाग्यो,‘ उनले भने,‘भारतबाट एलइडी बल्ब, सोलार प्लान्ट निर्माण गर्न नसकिएको अवस्थामा प्रकृतिले पनि साथ दिएन।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij