शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दुई बस जुध्दा ९ जनाको मृत्यु, ३२ घाइते

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • मकवानपुर–मकवानपुरको मनहरीमा–३ स्थित रमनटारमा आइतबार बिहान १२:४० बजे बस एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ । यसैगरी ३२ जना यात्रु घाइते भएका छन् ।

    काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किएको हो ।

    मृत्यु हुनेहरुमध्ये चार जनाको पहिचान खुलेको छ । जसमा चारै जना उदयपुरका रहेका छन् । लक्ष्मी प्रसाद अधिकारी, मणिरत्न चौधरी, सन्तोष चौधरी र विनोद चौधरीको पहिचान भएको हो भने बाँकी ५ जनाको पहिचान हुन सकेको छैन ।

    मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।

    मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवाल सुरेश थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij