प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३
प्यूठान । स्थानीय शान्ति समिति प्यूठानको संयोजकमा पार्वता आचार्य निर्वाचित भएकी छन् ।
आज स्थानिय शान्ति समितिको सभाहल खलगांमा भएको नयाँ नेतृत्व चयन कार्यक्रमबाट पार्वता आचार्य संयोजकमा चयन भएकी हुन् । उनी मानव अधिकार सञ्जालबाट प्रतिनिधित्व गर्दै आएकी थिइन । त्यसै गरी समितिले २१ सेप्टेम्बरमा हुँने अन्तराष्ट्रिय शान्ति दिवस जिल्ला अस्पताल प्यूठानमा रक्तदान, अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्ने र अस्पतालकै प्रांगणमा शान्ति सभा गरी मनाउने निणर्य गरेको स्थानीय शान्ति समितिका निवर्तमान संयोजक अर्जुन कुमार कक्षपतिले जानकारी दिए ।
संयोजक अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शान्ति समितिका पूर्व संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij