मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

वर्षाका कारण सल्यानको विद्यालय भवन भत्कियो

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७४



  • अविरल वर्षाका कारण सल्यानको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ ।

    बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिए। विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् ।

    पुल नबन्दा सास्तीः

    पश्चिम क्षेत्रमा गए रातिदेखि परेको अविरल वर्षाका कारण बन्गाड खोलामा पानीको सतह बढेपछि छिन्चु–जाजरकोट सडकखण्ड अवरुद्ध बनेको छ । पानीको सतह बढेसँगै यातायातका साधन खोलावारि पारि रोकिएका छन् ।

    नेपालगञ्जबाट सुर्खेत र जाजरकोटका लागि हिँडेका यात्रुवाहक तथा मालवाहक सबै गाडी अलपत्र परेका छन् । खोलामा पक्की पुल नबन्दा उक्त क्षेत्रमा वर्षात्मा वर्षेनी नागरिकले दुःख पाउने गरेका छन् ।

    यस्तै रुकुम चौरजहारी सडकखण्डको नाथेखोलाको बन्गाड खोलामा गाडी फसेको छ । उक्त क्षेत्रमा पनि पक्की पुल नहुँदा र निर्माणाधीन पक्की पुल नबन्दा यातायातका साधन आवतजावतमा कठिनाइ भएको छ ।

    नाथेखोला नजिकै बन्गाड खोलामा निर्माणाधीन पक्की पुलको काम भने अलपत्र अवस्थामा छ । रुकुम चौरजहारी सडकखण्डमा वर्षाका कारण दुई महिनादेखि यातायातका साधन सञ्चालन हुन सकिरहेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij