मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

स्वाइन फ्लुले एकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, साउन २१, २०७४



  • पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी छन् । चिदीको काठमाडौँको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँको स्वास्थ्य जाँच केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

    जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइलले भएको जनाएको छ । उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो ।

    ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चार जनाको पनि मृत्यु भएको छ । तर उनीको मृत्यु यही कारणले भएको भन्ने यकिन हुन सकेको छैन ।

    मृत्यु हुनेमा पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी जिल्लाको मदाने–१ की १६ वर्षीया अनिता विष्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ज्ञवालीले बताए।

    रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो । केन्द्रीय प्रयोगशालाको टोली आज नै पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij