मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

तिब्बत एअरलाइन्सको चेङदु-काठमाडौं सिधा उडान शुरु

  • प्रकाशित मिति : बुधबार, साउन २५, २०७४



  • तिब्बतको ल्हासास्थित तिब्बत एअरलाइन्सले चेङदु – काठमाडौंको उडान सुरु गरेको छ।

    जून १९, २०१७ मा सफलता साथ सम्पन्न भएको आधारभूत प्रामाणिक उडान पश्चात उसले हिजोबाट नियमित रुपमा चेङदु – काठमाडौंको उडान सुरु गरेको हो ।

    चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार हिजो साँझ साँझ १८:१६ मा प्रस्थान गरी काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९:१५ मा अवतरण भएको थियो ।

    शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मँगलबार, बिहिबार र शनिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १२० वटा इकोनोमी क्लास, जम्मा १२८ सिट भएको एअरबस ए ३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

    तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्स प्रा लिलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

    ल्हासा, गोनगार एअरपोर्ट, तिब्बत, चिनमा अबस्थित तिब्वत एअरलाईन्सले आफनो उडान २६ जुलाई २०११ मा शुरु गरेको हो र यो एअरलाईन्स कम्पनीले हाल चीन भित्र आन्तरिक उडानहरु गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij