मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

मैतिदेवीस्थित ‘धरान डेन्टल’ मा सिलबन्दी

  • प्रकाशित मिति : बिहिबार, साउन २६, २०७४



  • जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमति बिना सञ्चालनमा रहेको मैतिदेवीस्थित ‘धरान डेन्टल’ मा सिलबन्दी गरिएको छ ।

    आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत आइतबारदेखि शुरू गरेको बजार अनुगमनका क्रममा अनुमति बिना नै सञ्चालन गरेको पाइएपछि उक्त डेन्टललाई बुधबार सिलबन्दी गरी आवश्यक कागजपत्रसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    संयोजक दीपकराज पोखरेल, कपिलप्रसाद रेग्मीसहितको अनुगमन टोलीले बुधबारै गरेको अनुगमनका क्रममा मैतिदेवीमा रहेको सावित्री क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर र विवेक फार्मेसीले जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिएको अनुमतिपत्र देखाउन नसकेका कारण २४ घण्टाभित्र विभागमा आउन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

    यसैगरी, अनुगमन टोलीले सिनामंगलमा रहेको युनिक कोल्ड स्टोरबाट खान अयोग्य ७० किलोग्राम कुखुराको मासु नष्ट गरेको छ । उक्त मासु पसल अत्यन्तै फोहर रहेको, व्यवसाय दर्ता नभएको, मूल्यसूची नराखेको पाइएकाले सात दिनभित्र विभागमा आउन भनिएको हो ।   भाडादर नटाँस्ने र यात्रुसँग बढी भाडा असुल्ने सार्वजनिक यातायातका नौ वटा साधनलाई बग्गीखाना पठाइएको छ ।

    विभागले पछिल्लो समय विभिन्न समूह बनाएर बजार अनुगमनलाई तीव्र बनाएको छ । बुधबार मात्रै विभागले खाद्य किराना, भवन निर्माण सामग्री, फलफूल तथा तरकारी, औषधि तथा क्लिनिक, माछा मासु पसल र यातायातका क्षेत्रको अनुगमन गरेको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij