मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

मानव बेचबिखिन बिरुद्ध एकजुट गराउने माइती नेपालको अभियान : सामाजिक संजाल बेचविखनको कारण

  • प्रकाशित मिति : बिहिबार, साउन २६, २०७४



  • मधु पौडेल , बाँके । मानव बेचबिखन बिरुद्ध माइती नेपाल नेपालगंजको निरन्तर अभियान अन्तरगत बिध्यलाय एवं समुदाय समेतलाई लक्षित गरि झेल नामक सडक नाटक प्रर्दशन गरिएको छ । बाँकेको  धौलागिरीस्थित आदर्श माविका बिध्यार्थि सहित एक नम्बर बजारमा , ज्ञानोदय मावि र जनता नमूना मावि सन्तकुटीमा सडक नाटक प्रर्दशन गरिएको थियो । उक्त नाटकमा  भारतको मुम्बईमा बस्ने बिनोद नाम गरेको नेपाली केटा र बाँकेकी १४ बर्षिया राधाको तीन महिनाअघि फेसबुकमार्फत चिनजान हुन्छ, फोन नम्बर साटासाट भएपछि निरन्तर कुरा भइरहन्छ ।

    राधा परिवारको एक्लो छोरी हुन्, सानैमा बुवा गुमाएकी उनलाई आमा ठुलीले पालनपोषणसँगै ८ कक्षासम्म पढाइरहेकी छिन् । सानैमा पति गुमाएको पीडा राधाको अनुहार हेरेरै अहिलेसम्म दुःख कष्ट गरिरहेकी ठुलीको साहारा राधाबाहेक कोही नभएको नाटकमा देखाइएको छ ।

    ‘हुर्केकी छोरीलाई सँधै घरमा राख्नुहुँदैन’ भन्ने नेपाली समाजको संस्कारलाई ठुलीले पनि राम्रैसँग बुझेकी छन् । छोरी हुर्के बढेपछि राम्रो कुटुम्ब खोजेर विहे गर्नुपर्छ भन्ने भनाई नेपाली समाजमा अहिले पनि कायमै छ । राधा उमेरले १४ बर्षकी भइन् । विनोद र राधाबीचको चिनजान र कुराकानीका क्रममा आफू ठूलो खान्दानी परिवारको मान्छे भन्ने भ्रम विनोदले राधामाथि छरेको हुदा ठुली सजिलै विनोदको कुरामा विश्वास हुन्छिन ।

    गाउँको सामान्य पढेलेखेकी राधा छोटो समयको फेसबुक र मोवाइल कुराकानीकै भरमा विनोदलाई साँच्चिकै माया र विश्वास गरिन् । सामान्य परिवारमा हुर्केकी राधाले धनाढ्य केटाले दिएको माया, स्नेह र विश्वासलाई विवाहमा परिणत गर्ने सोचमा अनगिन्ती सपना र कल्पनाहरु बुन्न थालिन् । तीन महिना वितेपछि राधालाई भेट्न विनोद नेपाल आइपुग्छ र उनीहरु दुवैको भेटघाट र सम्वाद हुन्छ ।
    विनोदले भेटेकै समयमा विहे गरेर गइहालौ भन्दै राधालाई फकाउँछ । तर राधाले एक्लो आमासँग कुरा नगरेर विवाह गर्दिन भन्ने जिद्दी गर्छै । विनोदले जति फकाए पनि राधाले आमासँग कुरा गरेर मात्रै विवाह गर्ने जिद्दी गरेपछि दुवै सहमत हुन्छन् । विनोदले विवाहको बारेमा गाउँका छरछिमेकलाई नभन्नु भन्ने शर्त राधासामु राख्छ र राधाले स्वीकार गर्छे ।

    भोलिपल्ट राधाको घर खोज्दै आमाछोरीको भलाकुसारी भइरहेकै समयमा विनोद पुग्छ । आमा ठुली ढाडको रोगी छन् । औषधि गर्ने नाममा सारा धन सम्पत्ति सकियो तर, सन्चो भएन । आमाछोरीबीच भइरहेका यस्तै भलाकुसारी सुनिरहेको विनोदले अब सबै रोग ठीक हुने बताउँदै आमाछोरीलाई मख्ख बनाउँछ । आमा ठुली पनि भगवान नै भेटेजस्तो हर्षित हुन्छिन् । विनोदले राधाकी आमालाई बनारसी सारी दिएपछि आमाले साँच्चिकै आफ्नै छोरा भेटेजस्तो खुशी साटिरहेकी हुन्छिन् ।
    विनोद र राधाको कुरा सुनेर आमा ठुली विवाहका लागि मञ्जुर भइन् र विवाहको तयारीमा जुटिन् । पण्डितसँगको सल्लाहपछि तीन महिनाको फेसबुक प्रेम तीन दिनमै विवाहमा परिणत हुन्छ । नजिकैको मन्दिरमा विवाह सकेर दुलाहा र दुलही रुपैडिहाबाट साँझको ८ बजे छुट्ने रेल भेट्न भन्दै हतारमा नेपाल–भारत सीमानाका तर्फ अघि बढ्छन् । राधाले मनमा अनेक सपना र कल्पनाहरु बुनिरहेकी हुन्छिन् । ‘अब त गरिबीका सारा सपनाहरु सकिए’ उनी सोच्दैछिन् ।

    जमुनाहा नाका पार गर्दैगर्दा माइती नेपाल संस्थाका कर्मचारीहरुले उनीहरुलाई चेकजाँच र केरकार गरिरहेका हुन्छन् । विनोद आत्तिएको छ, उसलाई छिटो रेल भेट्नुछ, थोरै ढिला भए रेल छुट्छ । विनोदले उनीहरुका जवाफप्रति चासो दिइरहेको छैन । राधा भने यो सब अन्जानमै हेरिरहेकी हुन्छिन् । विनोदको हतास र हड्बडाहटप्रति ती संस्थाका कर्मचारीहरुले थप शंका गरिरहेका छन् । त्यो दृष्य देखेर केहीबेरमा प्रहरी त्यहाँ पुग्छ र विनोदलाई केरकार र सोधपुछ गरिरहेको हुन्छ ।

    यत्तिकैमा विक्षिप्त, मानसिक सन्तुलन गुमाएकी जस्तो एक जना केटी विनोद नजिकै पुग्छे र उसको कठालो समातेर उसलाई तथानाम गाली गर्दै उसमाथि झम्टिन्छे । वरपर झम्मिएका मानिसहरु उनीहरुलाई नियालीरहेका हुन्छन्, कसैले के भएको भन्ने मेसो समेत पाउँदैनन् । प्रहरीलाई समेत विनोदले विभिन्न प्रलोभन दिइरहेको हुन्छ । तर, प्रहरी प्रलोभनलाई मान्नेवाला थिएन । प्रहरीले विनोदलाई पक्राउ गरेको छ र राधालाई प्रहरीले उनको आफन्तको जिम्मा लगाएको छ । यसरी राधा बेचविखन हुनबाट जोगिएकी छिन् ।

    नेपाली समाजमा यस्ता घटनाहरु वास्तविक रुपमे घटिरहेका छन् । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालका कारण पनि नेपाली महिला तथा बालबालिकाहरु बेचविखनको उच्च जोखिममा परेका छन् । फेसबुकमा साथी भएकै कारण तीन महिनामै राधाको विवाह हुनु र दलालले बेचविखनका लागि अनेकन विधिहरु अपनाउनु सामान्य जस्तै भइसकेको छ । अहिले पनि राधाजस्ता थुप्रै महिला तथा बालबालिकाहरु बेचबिखनमा परिरहेका छन् । यसका लागि दलालहरुको ठूलो गिरोह उत्तिकै सक्रिय छ ।

    मानव बेचविखन कसरी हुन्छ, यसका लागि दलालहरुले कस्ता उपायहरु अपनाउछन् र यस्ता दलालहरुबाट बच्न हाम्रो भूमिका कस्तो हुनुपर्छ भन्ने उद्देश्यले माइती नेपाल नेपालगन्जले बिहीबार गरेको सडक नाटकमा विनोदजस्तै मानव बेचबिखनका दलालहरुले राधाजस्तै गरिबीको रेखामूनि रहेका महिला तथा बालबालिकाहरुलाई ललाईफकाई बेचबिखन गर्न सक्छन् एउटा सानो वास्तविक घटनाजस्तो देखाइएको थियो ।

    माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार महिला तथा बालबालिकाहरु बेचबिखनको उच्च जोखिममा रहेका कारण विद्यालयमा अध्ययनरत बिध्यार्थी र समुदाय समेत लाई लक्षित गरेर ‘झेल’ नामक सडक नाटक प्रस्तुत गरिएको हो । ‘सामाजिक सञ्जालले सूचनाको पहुँचलाई सहज बनाएको छ, यो निकै सकारात्मक कुरा हो । तर यसको गलत प्रयोगले धेरैको जीवन वर्वाद पनि बनाएको छ,’ माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले भन्नु भयो , ‘फेसबुककै कारण चिनजान हुन्छ, फोन साटासाट अनि विहेवारीका कुरा चल्छन्, कलिलो उमेरमै विहे भएर कतिको जीवन वर्वाद भएको छ ।’

    उहा अगाडि भन्नु हुन्छ, ‘फेसबुकबाटै दलालहरुले नेपाली महिला तथा बालबालिकालाई प्रलोभनमा पारेर भारतसम्म लगेर विक्री गरेका धेरै घटनाहरु हामीले सुनिरहेका छौँ र भोगिरहेका पनि छौँ । यसप्रति हामी सबै अभिभावक सचेत हुनुपर्छ । यही सन्देश दिनका लागि हामीले सडक नाटक गरिरहेका छौँ ।’ माइती नेपाल नेपालगन्जले महिला तथा बालबालिकाहरु कसरी बेचबिखनको जोखिममा परिरहेका छन् भन्ने तथ्यलाई  ‘झेल’ नामक सडक नाटकमार्फत प्रदर्शन गरेको हो ।

    उक्त जनचेतना मुलक अभियानमा खजुरा गाँउ पालिका वा.नं.३ का वडाध्यक्ष कान्तुराम गौतम , वडा सदस्य डिल्लि प्रशाद आर्चाय , महिला सदस्य देबिमाया थापा , गाँउ कार्यपालिका सदस्य भागिरथ सोनार , इलाका प्रहरी कार्यालय धनौलिका प्रहरी निरिक्षक श्री प्रसाद पौडेल , आर्दश मा.बि.का प्रधानाध्यापक राजेन्द्र सापकोटा , ज्ञानेदय मा.बि.का प्रध्यानाध्यापक रिषीराम सापकोटा , जनता मा.बि.का नि.प्रधानाध्यपक  मिना कुमारी यादव लगायतले मानव बेचबिख बिरुद्ध क्रीयासिल हुने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij