प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
जाजरकोट । यहाँको दुर्गम गाउँमा अरिंगालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको बारेकोट क्षेत्रमा रहेको रामीडाडाँ गाविस वडा–१ बयालका विरेन्द्र वस्नेतका छोरा ३ वर्षीय छोरा शिव वस्नेतको मृत्यु भएको हो ।
घर नजिकै रहेको जंगलमा अरिंगालको गोलो झिल्लिएर घरमा खेल्दै गरेका बालकलाई टोक्दा मृत्यु भएको शिक्षक कालीप्रसाद थापाले बताए । शुक्रवार दिउँसो बालक वस्नेतलाई टोकेको थियो ।
अरिंगालले टोक्न बित्तिकै स्थानीय वैद्यीमार्फत झारफुक गर्दा बालकको गएराती नै मृत्यु भएको थापाले बताए ।
यो सँगै यहाँ अरिंगालले टोकेर एक महिनामा मृत्यु हुनेको संख्य ४ पुगेको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij