शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तारुकामा खतिवडा र प्रधानलाई भव्य विदाई

  • प्रकाशित मिति : शनिबार, अशोज १, २०७३



  • काठमाडौं   ।   नुवाकोट तारुकास्थित श्रीकृष्ण उच्च माध्यामिक विद्यालयले ५२ औं बालदिवसको अवसर पारेर विगत लामो समयदेखि विद्यालयमा अध्यापन गराउने दुई शिक्षकलाई भव्य रुपमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    गत २९ गते बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न गरेको कार्यक्रममा विगत ३८ बर्षदेखि कार्यरत केशवप्रसाद खतिवडा र विगत २५ बर्षदेखि कार्यरत भरतमान प्रधानलाई विद्यालयका शिक्षक शिक्षिका तथा स्थानीयबासी र विद्यार्थीले सम्मान तथा बिदाई गरेका थिए ।

    उक्त बिद्यालयको बिदाई तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिद्यालयका शिक्षिका मञ्जुमान प्रधानले तारुकाको शैक्षिक विकासमा शिक्षकद्धय केशव खतिवडा र भरतमान प्रधानको ठूलो योगदान रहेको भन्दै उनीहरुलाई तारुकाका विद्यालय तथा स्थानीयबासीले सम्मान गरेको बताए ।

    नुवाकोट जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक कृष्ण घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यालयका प्राध्यापक रामकृष्ण अधिकारीले शिक्षकद्धयको खुलेर प्रशंसा गर्दै उनीहरुलाई विद्यालयले सधै सम्झिरहने बताए ।

    कार्यक्रममा समाजसेवी शिव अधिकारीले शिक्षाको ज्योती विना समग्र देशको विकाश हुन नसक्ने भन्दै शिक्षकद्धयले देखाएको बाटो अद्भुत भएको बताए । उनले तारुकामा भूकम्पपश्चात तिनवटा विद्यालय भवन निर्माण गरिसकेको सँगसँगै खानेपानी र अस्पतालको काम पनि आफ्नै पहलमा दुई महिनाभित्रबाट सुचारु हुने बताए ।

    उनले आफ्नो तारुका बिकासको अभियानमा बाधा अड्चन नगरी सहयोग गर्न समेत राजनीतिक पार्टीलाई आग्रह गरे । आफूलाई जस्तोसुकै चुनौति आएपनि तारुकाको समग्र विकासको लागि अहोरात्र लागिरहने बताउँदै राजनीतिको नाममा राजनीति नभई विकासको लागि राजनीति गर्न आफू जानकार भएको समेत बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij