मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

कुकुर र बाँदर भगाउन विमानस्थलमा सेकुरिटी गार्ड

  • प्रकाशित मिति : आइतवार, साउन २९, २०७४



  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र प्रवेश गर्न सक्ने जंगली जनावरको निगरानीका लागि सेक्यूरिटी गार्ड खटाइएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    जंगली जनावरलाई विमानस्थल क्षेत्रभित्र प्रवेश रोक्ने र मानवीय गतिविधिमा समेत निगरानी गर्ने उद्देश्यले विमानस्थलमा गरुड रेक्यूरिटीबाट ५ जना सुरक्षा गार्ड खटाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्ययले जानकारी दिए ।

    यी सुरक्षा गार्डले शनिबारबाटै काम थालेका छन् । भुस्याहा कुकुर र बाँदर नियन्त्रण तथा व्यवस्थापनमा महानगरपालिका, नेपाली सेना, प्रहरीको समेत सहयोग नपाएपछि विमानस्थलमा आफैंले सेम्यूरिटी गार्ड खटाउने निर्णय गरिेको थियो ।

    उपत्यका भित्र भुस्याहा कुकुर ब्यवस्थापनको जिम्मेवारी महानगरपालिकाको भए पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा समेत कुकुर सजिलै प्रवेश गर्छन् ।

    चरा धपाउन ५ सिकारी

    यसअघि विमानस्थलको धावनमार्गसहित भित्री भागमा चरा र बाँदर धपाउन ५ जना सिकारी खटिएका छन् । यी कर्मचारी वन मन्त्रालयबाटै विमानस्थलमा खटिएका हुन् ।

    अहिले खटिएका गार्डले भने विमानस्थलको बाहिरी क्षेत्रबाटै भुस्याहा कुकुर र बाँदर प्रवेश रोक्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij