प्रकाशित मिति : मङ्लबार, साउन ३१, २०७४
मोरङको पथरी शनिश्चरेस्थिति जिरिखिम्तिमा बस दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ। धरानबाट काकरभिट्टाका लागि जाँदै गरेको को १ ख २७५२ नम्बरको बुद्ध ट्राभल्सको बस जिरिखिम्ती पुलबाट अनियन्त्रित भइ सडक किनारको भित्तामा खसेर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
मृतक बालकको सनाखत हुन सकेको छैन।
एउटा साइकल यात्रीलाई बचाउने क्रममा बस अनियन्त्रित भइ मोटरसाइकलमा ठिक्किएर पुलबाट तल खसेको हो।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइते सबैको पथरी अस्पतालमा उपचार भइरहेको छ।
बसमा ३०-३५ जनाको हाराहारीमा यात्रु रहेको प्रत्यक्षदर्शीले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij