मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

श्रम र सामाजिक सुरक्षा कानूनबाट श्रमिक तथा व्यवसायी सन्तुष्ट

  • प्रकाशित मिति : शुक्रबार, भदौ २, २०७४



  • रोजगारदाता र श्रमिकबीच उत्पन्न विवादले उद्योग क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको भन्दै श्रम समस्यालाई मुख्य तगारोको रुपमा देखाउने गरिएको थियो। तर व्यवसायी र श्रमिकका प्रतिनिधिबीचको सहमतिबाटै नयाँ कानूनहरु बनेपछि दुवै पक्ष सन्तुष्ट देखिएका छन्।
    कानून पारित भएर नियमावली बन्ने क्रममा रहेको र यसले विगतमा रोजगारदाता र श्रमिकबीचमा रहेको खाडल अन्त्य हुने व्यवसायी र श्रमिकको भनाइ छ।  श्रमिक र रोजागरदाताबीच विश्वास र व्यवाहरको खाडल हुँदा अन्ततः औद्योगिक वातावरण नै धुमिल भएको विगतको इतिहास भएपनि अब नेपालको औद्योगिक क्षेत्रको ठूलो समस्या समाधान भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।
    श्रम समस्या टड्कारो रुपमा रहेको र यही समस्याको कारण नेपालमा भएका ठूला बहुराष्ट्रिय कम्पनीहरु फिर्ता भएको, आउन खोज्ने पनि रोकिएका थुप्रै उदाहरण भएको भन्दै व्यवसायीहरुले लामो समयदेखि सरकारसँग श्रम कानून परिवर्तन गर्न माग गर्दै आइरहेका थिए।
    गएको हप्तामात्र व्यवस्थापिका संसदबाट पारित श्रम ऐन २०७३ ले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई कानूनी रुपमै परिभाषित गरेपछि विगतमा रहेको समस्या कम भएर जाने अध्यक्ष राणाको विश्वास छ।
    त्यस्तै नयाँ आएको सामाजिक सुरक्षा ऐनले पनि मजदुरहरुले विगतमा उठाउँदै आएका सुविधाका सवालहरुलाई व्यवस्थित कानूनीरुपमै निर्धारण गरेकोले यसबाट मजदुरको भविष्य पनि शुनिश्चित गरेको व्यवसायीहरुले भनाइ छ।
    व्यवसायी, श्रमिकका प्रतिनिधि र सरकारको संलग्नतामा निर्मित र सबैको सहमतिमा कानून बनाइएकोले कसैले पनि भनेकोजस्तो नभएपनि यो सुखद भएको जिफन्टका अध्यक्ष विष्णु रिमालको भनाइ छ।
    ‘हामी कसैले भनेजस्तो छैन, रोजगारदाताले माग गरेजस्तोमात्र पनि छैन, हामीले माग गर्दै आएको जस्तो पनि छैन’ रिमालले भने, ‘तर यी दुई कानून रोजगारदाता र श्रमिक बीचको सम्बन्धलाई पुर्नपरिभाषित गर्ने सवालमा कोशेढुंगा सावित हुनेछ।’
    महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ऐनले रोजगारदाताले खोजेजस्तो श्रमको लचकता स्थापित गरेको उल्लेख गर्दै यसले श्रमिक र रोजगारदाताबीचमा सन्तुलित सम्बन्ध स्थापित गर्ने बताए।
    श्रम, उर्जा र अन्य प्रक्रियागत झन्झट नेपालको औद्योगिककरणको मुख्य बाधक भएको निजी क्षेत्रको निरन्तरको गुनासो रहँदै आएको थियो। हाललाई उर्जा समस्या केही समाधान भएर गएको, श्रम समस्या कानूनको कार्यान्वयनपछि समाधान भएर जाने र बाँकी प्रक्रियागत झन्झट समाधान हुनेवित्तिकै नेपालमा लगानीको बहार आउने व्यवसायीहरुले बताएका छन्।
    विगतमा स्पष्ट नियम कानून नहुँदा श्रमिक र व्यवस्थापनबीचको सम्बन्धमा खलल पुगेको तर अब यो समस्या समाधान भएर जाने नेपाल स्वतन्त्र ट्रेड युनिएन काँग्रेसका महासचिव खिलानाथ दाहालको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij