मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

राहतको चामलमा पीडितसँगै रकम असुली, पैसा नहुनेले पाएनन्

  • प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४



  • विराटनगर महानगरपालिका–४, पुल्चोकका ३५ वार्षीय सन्तोष उराव र ४० वर्षीय घनश्याम मलाहा राहतको चामल लिन अरु बाढीपीडितसँगै लाइनमा बसे। अगाडि रहेकाहरुले प्रतिपरिवार ३० किलो चामल पाइरहेका थिए। उनीहरुले चामकल पाएवापत वितरण गर्नेलाई ५० रुपैयाँसमेत बुझाउँदै थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ।

    सन्तोष र घनश्यामले पनि चामल लिने पालो पाए। तर, ५० रुपैयाँ तिर्न नसक्दा उनीहरुले तत्काल राहत पाएनन्। ‘राहत दिने भनेर बोलाइयो, तर ५० रुपैयाँ तिर्नुपर्छ भनेर भने,’ सन्तोषले भने, ‘५० रुपैयाँ छैन भन्दा चामलै दिइएन। राहत पनि बाढीपीडितसँगै पैसा लिएर वितरण गर्ने गरेको पाइयो ।’ ५० रुपैयाँ खोजेर ल्याएपछि मात्रै चामल पाएको उनले सुनाए ।

    बाढीले सबै कुरा बगाएपछि हरिबिजोग भएको सुनाउँदै घनश्यामले भने, ‘हामीसँग ५० रुपैयाँ कहाँबाट हुन्थ्यो ? घरमा भएको पैसासमेत बाढीले बगाउँदा साथमका केही पनि रहेन। छोराछोरी र परिवारका अन्य सदस्य भोकभोकै रहने अवस्था आउपछि ऋण खोजेर भएपनि चामल लिइयो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij