प्रकाशित मिति : सोमवार, भदौ ५, २०७४
सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले यसपालिको दशैंलाई दुई हजार पाँच सय खसीबोका र च्याङग्रा राजधानी ल्याउने भएको छ ।
डेढ महिनापछिको दशैंमा उपत्यकाम हुने मासुको उच्च मागलाई ध्यानमा राखेर संस्थानले खसीबोका र च्याङग्रा ल्याउन लागेको खबर आजको नागरिकमा छ ।
उक्त खसीबोका तथा च्याङग्रा मुस्ताङ, मकवानपुर र दाङबाट ल्याउने प्रारम्भिक योजना रहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij