मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बाढी प्रभावित जिल्लामा आवश्यक औषधिसहितको टोली

  • प्रकाशित मिति : बुधबार, भदौ ७, २०७४



  • स्वास्थ्य सेवा विभागको विपद् व्यवस्थापन समितिले बाढी पहिरो प्रभावित स्थानमा उपचारका आवश्यक औषधिसहितको टोली पठाएको छ  ।

    आपूर्ति व्यवस्था महाशाखाबाट माग गरिएअनुसार बाढी प्रभावित जिल्लामा औषधिसहितका उपचार, जनचेतना सामग्री भएको दुई ट्रक पठाइएको हो  ।

    विभागका उपमहानिर्देशक तथा विपद् व्यवस्थापन समितिका संयोजक चुडामणि भण्डारीले प्रभावित प्रभावित स्थानहरूमा प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने र शिविरमार्फत न्यानो झोला, महिलाले प्रयोग गर्ने स्वास्थ्यसम्बन्धी सामग्री वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

    विभागका अनुसार बाढी पहिरोका कारण महोत्तरी, सप्तरी, रौतहटलगायतका  जिल्लाका १५ बर्थिङ्ग सेन्टर चल्न सकेका छैनन् । समितिले ती सेन्टरलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा टेन्टबाट सेवाहरू सुचारु गर्ने निर्णय गरेको छ ।

    संयोजक भण्डारीले बाढी प्रभावित जिल्लामा महामारी फैलन नदिन जनचेतनाका लागि स्वास्थ्य शिक्षा र अन्य सामग्रीसहितको टोली पनि प्रभावित जिल्लामा पठाइएको छ ।

    राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट १६ वटा हाते माइक, स्वास्थ्य सन्देशसहितका विभिन्न पम्प्लेट र बाढी पहिरोपछि फैलने महामारी रोकथामसम्बन्धी २५ हजार बाढी सामग्री पहिरो प्रभावित स्थानमा मङ्गलबार नै पठाइएको संयोजक भण्डारीले जानकारी दिए ।

    प्रभावितहरू अस्थायी तथा अव्यवस्थित बसोबास गरिरहेकाले कीटजन्य रोगको उच्च सम्भावना रहेकाले रोग निदानको लागि पर्याप्त परिमाणमा तत्काल उपचार सामग्रीको व्यवस्था गरेको विभागले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij