मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

व्यापार संघको अध्यक्षमा कार्की निर्वाचित

  • प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४



  • नेपाल व्यापार संघको अध्यक्षमा कुमार कार्की पुनः निर्वाचित भएका छन्।

    संघको बुधबार राति सम्पन्न २७ औँ महाधिवेशनबाट अध्यक्षमा कार्की निर्विरोध निर्वाचित भएका हुन्। संघको उपाध्यक्षमा हरि गौतम, महेन्द्रकुमार रायमाझी, गोपीचन्द्र अग्रवाल, श्यामसुन्दर रुङ्गटा र गिरीराज पोखरेल तथा महासचिवमा कृष्णप्रसाद अधिकारी निर्वाचित भएका छन्।

    यस्तै, सचिवमा रुक्मिणी सेढाइँ, रामशरण तिमल्सीना, पवन कुमार अग्रवाल, सुमित प्रधान र कोमल कुमार श्रेष्ठ, कोषाध्यक्षमा सोवित थापा र सहकोषाध्यक्षमा चिफबहादुर थापा निर्वाचित भएका छन्।

    यस्तै, सदस्यमा भिखारी साह बानिया, प्रमोद चौधरी, निरज बल्ल, हरिप्रसाद ज्ञवाली, कुमार थापा, निरन्जन सेढाई, सिता सापकोटा, कविराज कार्की, तेजप्रसाद आचार्य, उपेन्द्रराज श्रेष्ठ, हरिराज कँडेल, दिपकप्रसाद सापकोटा, दामोदर पन्त, अन्जन भण्डारी, खडानन्द भट्टराई, कुलबहादुर जिसी, पार्वती पोखरेल, वाङ्गछु शेर्पा, गुरुप्रसाद खतिवडा, लाक्पा छिरिङ्ग नेपाली, अनिल कुमार अग्रवाल, अरुण कुमार अग्रवाल, वल्लवप्रसाद वजगाई, पवनकुमार सेढीया र रोहीणी राज भण्डारी निर्वाचित भएका छन्।

    महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष कार्कीले व्यापार संघले आगामी दिनमा व्यापार व्यवसायी गर्नेहरुको हक हितका लागि सशक्त रुपमा लड्ने प्रतिवद्धता व्यक्त गरे।

    महाधिवेशनको उद्घाटन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij