मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

दिल्लीमा आरजुको तीज!

  • प्रकाशित मिति : बिहिबार, भदौ ८, २०७४



  • प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार दिल्लीमा ‘गार्ड अफ अनर’ लिदैँगर्दा प्रधानमन्त्री पत्नी आरजु राणा सँगै थिइन्। हातमा रातो चुरा, निधारमा रातो टिका, नङमा रातो पालिस अनि रातै सारीमा। सुनौलो रंगकै सुनको लकेट अनि सुनौलो रंगकै पोते।

    हिन्दु नारीहरू नेपालमा हरितालिका तीजको रातो लगाएर तीज गीतमा नाँचिरहँदा प्रधानमन्त्री पत्नीको दिल्लीको लुक्स ठ्याक्कै ‘तीजकै पहिरन’ अनुसार थियो।

    प्रधानमन्त्रीको भ्रमणको रिपोर्टिङका लागि दिल्लीमा रहेका पत्रकार शिव दाहालका अनुसार आरजु बुधबार साँझको भोजमा सहभागि भइनन्। उनी बिहिबारको अन्य औपचारिक कार्यक्रमहरूमा समेत सहभागि भइनन्।

    बुधबार बुट्टे सारीमा एयरपोर्टमा देखिएकी आरजु बिहिबार दिल्लीमा तीज मनाइरहेकी छिन्। प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले प्रधानमन्त्री पत्नी व्रत बसे नबसेको पुष्टि भने गरेनन्। ‘प्रधानमन्त्रीसँगै कार्यक्रममा व्यस्त छु, व्रत बसे नबसेको ठयाक्कै भन्न सक्ने अवस्थामा छैन’, उनले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij