प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
दाङ । घोराही नगरपालिका १० झिगौरामा घोराही अटो टाउन व्यवस्थापन समितिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरेको छ । विभिन्न दाता तथा व्यवसायीहरुबाट आर्थीक संकलन गरि करिब ८ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण भएको हो ।
उक्त मन्दिरको विश्वकर्मा बाबाको पूजाका अबसरमा शनिबार उद्घाटन गरिएको छ । मन्दिर निर्माण समितिका संयोजक शुशिल पोख्रेलको अध्यक्षता एवं घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे र नेपाल अटो व्यवस्थापन महासंघका अध्यक्ष यमप्रसाद भुसालको बिशिष्ट आतिथ्यतामा मन्दिरको उद्घाटन गरिएको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत केसी सहित बिशिष्ट अतिथीहरुले रिबन काटेर र पूजा गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो । मन्दिर निर्माण समितिका सदस्य ज्ञान फौजदारको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्ने बक्ताहरुले धर्म संस्कार अनुशासन भएको भन्दै मन्दिरले आदर्शको बाटो देखाउने बताएका छन् ।
संस्कार र आस्थालाई बचाई राख्नका लागि विश्वकर्मा बाबाको मन्दिर संरक्षण बिषेश ध्यान दिन पनि बक्ताहरुले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतम, महासंघका पूर्ब केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, गोरक्ष यातायात प्रालीका अध्यक्ष प्रकाश श्रेष्ठ र पाण्डबेश्वरी यातायात प्रालीका अध्यक्ष सरोज शाहले मन्दिरको संरक्षणमा ध्यान दिन सुझाब दिनुभएको छ । कार्यक्रमको सहजिकरण निर्माण समितिका सचिब रत्न बन्जाराले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij