मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

इम्बोस्ड नम्बर प्लेटका लागि अब अनलाईन आवेदन दिन सकिने

  • प्रकाशित मिति : शुक्रबार, भदौ ९, २०७४



  • यातायात व्यवस्था विभागले शुक्रबार देखि इम्बोस्ड नम्बर प्लेटका लागि अनलाईन फारम भर्ने कामको सुरुवात गरेको छ।

    भदौ ५ गते देखि मुलुकभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरु गरेको विभागले शुक्रबार देखि अनलाईन फारम लिन सुरु गरेको हो ।

    विभागले सरकारी, संस्थान, समिति र निजी सवारी साधनबाट इम्बोस्ड नम्बर प्लेट दिने कामको सुरुवात गरेको हो । त्यसमा चारपाङ्ग्रे सवारी साधन मात्रै छन् ।

    इम्बोस्ड नम्बर प्लेटका लागि टेम्पोले २ हजार ९ सय, मोटरसाईकलले २ हजार ५ सय , जीप , कार , भ्यानले ३ हजार २ सय र ठूला सवारी साधनले ३ हजार ६ सय रुपैयाँ राजश्व बुझाउनुपर्छ ।

    सरकारी, संस्थान , समिति र निजी चारपाङग्रे सवारी साधन पनि वर्गीकरण गरेर अरुको सुरु गरिने विभागले जनाएको छ।

    सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार नेपालमा पहिलो पटक इम्बोस्ड नम्बर प्रणाली लागू गरिएको हो । सवारीसाधनलाई व्यवस्थित गर्न विकसित मुलुकहरुमा प्रयोगमा आइसकेको अत्याधुनिक प्रविधिको नम्बरप्लेट नै इम्बोस्ड नम्बरप्लेट हो ।

    यो प्रणाली लागू भएसँगै यसअघि २३ प्रकारका सवारीसाधनको प्लेट सरकारी, निजी, कूटनीतिक नियोग र सार्वजनिक तथा राष्ट्रपतिका लागि विशेष र छुट्टै गरी ५ किसिममा सीमित भएका छन् ।

    इम्बोस्ड नम्बरप्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन सर्किट’ राखिने भएकाले कुनै पनि नम्बरको सवारीसाधन कहाँ र कस्तो अवस्थामा छ भन्ने सजिलै पत्ता लगाउन सकिने छ । त्यसका लागि विभागले राजधानीको थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा बाहिरका ५ गरी १० स्थानमा चेक प्वाईन्ट राखेको छ ।

    ५ बर्ष भित्रमा मुलुकभरका २५ लाख सवारी साधनमा यो प्रणाली प्रयोग गरिसक्ने लक्ष्य विभागको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij