शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

इलामको जोगमाई खोलामा निर्माणाधीन आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • इलाम – इलामको जोगमाई खोलामा निर्माणाधीन जोगमाई खोला साना जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ७.६ मेगावाट क्षमताको उक्त आयोजनाको एक हजार ५०० मिटर लामो सुरुङ निर्माण गरिएको हो ।

    विसं २०७१ मङ्सिर ५ गते जोगमाई खोलापट्टिबाट सुरुङ खन्न सुरु गरेको आयोजनाले ५७३ दिन काम गरेर सुरुङ निर्माण कार्य सम्पन्न गरेको आयोजनाको प्रवद्र्धक कम्पनी सानभी इनर्जी प्रालिका संस्थापक भानु पोखरेलले जानकारी दिए ।

    सुरुङ निर्माणको कामसँगै आयोजनाको ७५ प्रतिशत काम सकिएको पनि प्रालिका अर्का संस्थापक पाल्देन काजीले बताए ।

    यसअघि आयोजनाको सुरुङको सेतीखोलादेखि ४०० मिटर हेडरेस पाइप र एक हजार २४३ मिटर पेनस्टक पाइपको काम पनि लगभग निर्माण सम्पन्न भइसकेको काजीले बताए ।

    आगामी मङ्सिर महिनासम्ममा आयोजनाको काम सम्पन्न गरी केन्द्रीय प्रसारण लाइनमा विद्युत् जोड्ने तयारी भइरहेको पनि संस्थापक पोखरेलले जानकारी दिए । आयोजनादेखि गोदकस्थित सबस्टेसनसम्म लाइन पु¥याउन पोल गाड्ने काम भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij