मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

२४ घण्टाभित्र स्पष्टिकरण दिन नेता नेपाललाई आयोगको निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, भदौ १३, २०७४



  • पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ। पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचारप्रसारमा संग्लन भएको भन्दै आयोगले नेता नेपाललाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

    आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचन  प्रचारप्रसारमा वीरगञ्ज पुगेका नेता नेपालले सोमबार घरदैलो कार्यक्रम गरेका थिए। कार्यक्रममा उनले सूर्य अंकित टोपी लगाएको उजुरी आयोगमा परेको थियो।

    प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले नेता नेपाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।

    आयोगको निर्णयमा ‘निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाई चुनावी प्रचारप्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता श्री माधवकुमार नेपाल तथा नेकपा एमालेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेउपर कारबाही किन नगर्ने भन्ने सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने’ भनिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij