मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रोजगारीको सुनिश्चिताको मागसहित ज्ञापन

  • प्रकाशित मिति : बुधबार, भदौ १४, २०७४



  • मधु पौडेल , बाँके । बाँकेका सामाजिक परिचालकहरुले आफ्नो रोजगारीको सुनिश्चतताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सामाजिक परिचालकहरुको संस्था सामाजिक परिचालक हकहित संरक्षण केन्द्रले आज बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय मामीला तथा स्थानीय विकास मन्त्रीसमक्ष ज्ञापन बुझाएको हो । केन्द्र बाँकेकी अध्यक्ष नितु कुवर सहितको सामाजिक परिचालकहरुको टोलीले प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई कार्यकक्षमै भेटेर आफना हकअधिकार स्थापनार्थ ज्ञापन पत्र बुझाएका हुन् । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तगर्त ०६६ साल देखि कार्यरत देशभरका ५ हजार सामाजिक परिचालक अहिले आफुहरुको भविष्य अन्यौल रहेको भन्दै आन्दोलित भएका छन् । सामाजिक परिचालकलाई स्थानीय तहमा सामाजिक विकास शाखा कायम गरि एकपटक उमेरको हद नलाग्ने गरि दरवन्दी सिर्जना गरि स्थापीत गर्न र परिचालकको योग्यता तहअनुसार परिश्रमिक, दुर्घटना विमा, उपचार लगायत सुविधाको वयवस्था गर्न ज्ञापन पत्रमा जोडदार माग गरिएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी केसीले ज्ञापन सम्वन्धित मन्त्रालयमा पठाईदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij