मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

झापा, सुनसरी, मोरङ र सप्तरीमा बाढीको खतरा!

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नेपालका पूर्व क्षेत्रमा बाढीको खतरा रहेको जनाएको छ। झापा, मोरङ, सुनसरी र सप्तरीमा भारी बर्षा हुन सक्ने र त्यसले बाढी आउने जनाएको छ। शाखाले मेची, विरिङ, कन्काई, सुनसरी खोला, त्रियुगा, कोशी नदीमा बहाव बढेको उल्लेख गरेको छ। साथै कुनैपनि बेला सतर्कता तह पार गर्न सक्ने उल्लेख गरिएको छ।

    विभागले पूर्वी पहाडका आकाशमा क्युमोलोनिम्बस बादल जम्मा भएको र त्यसले लगातार ४-५ घण्टा पानी पार्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्वी क्षेत्रमा भारी बर्षा हुने र अन्य क्षेत्रमा मध्यम बर्षा हुन सक्ने जनाएको छ। बाढी पूर्वानुमान शाखाले भने पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम रहेको उल्लेख गरेको छ।

    क्युमोलोनिम्बस बादल सबैभन्दा मोटो बादल भएको र यो जमिनको केही माथि देखि १० किलोमिटर अग्लो सम्म हुने विभागले आफ्नो ट्वीटमा उल्लेख गरेको छ।

    बाढी पूर्वानुमान शाखाले आफ्ना आफन्तहरुलाई नदि किनारामा नजान सुझाउन समेत ट्विटर मार्फत अपिल गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij