प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४
बुटवलको मिलनचोकमा बिहिबार बिहान भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ। एउटै दिशातर्फ गईरहेका दुई वटा ट्रकले पालैपालो ठक्कर दिँदा बा. ६४ प ६३८४ नं.को मोटरसाईकलमा सवार पाल्पा तानसेन नगरपालिका वडा नं. ६ का २७ वर्षिय रुक बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजमार्ग चौराहबाट बसपार्क तर्फ जाँदै गरेको लु. ६ ख ९८७२ नं. को ट्रकले पहिलो पटक ठक्कर दिएपछि 14 EN ५३७६ नं को भारतीय ट्रकले पुनः मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाईते भएका थापालाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लैजान साथ चिकित्सकले मृत घोषित गरेको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले मोटरसाईकललाई ठक्कर दिने नेपाली र भारतीय दुवै ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij