मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

पाँचथरमा पहिरोका कारण २० दिनदेखि विद्यालय बन्द

  • प्रकाशित मिति : बिहिबार, भदौ १५, २०७४



  • गत साउन २७ गएको पहिरोबाट बाटो अवरुद्ध भएर बालबालिका विद्यालय आउँन नसक्दा पाँचथरको फालेलुङ गाँउपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन ।

    साउन २७ गते बिहान गएको पहिरोबाट विद्यालय सेवा क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान सकेका छैनन । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् ।

    पहिरोबाट घरहरू बस्न नमिल्ने बनेका र ठाँउ–ठाँउमा धाँजा फाटेर विद्यालय पुग्ने बाटो अवरुद्ध बनेपछि विद्यार्थी विद्यालय पुग्न सक्ने अवस्था नरहेको जिल्ला शिक्षा कार्यालयका अधिकारी चक्रपाण्डे सुवेदीले बताए ।

    ‘बाटोघाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ’ उनले भने, ‘ विद्यालयमा अध्ययनरत २८ बालबालिकाहरूलाई विद्यालय पठाउनुस भन्ने अवस्था नै छैन ।’

    पहिरोका कारण खोलाघारी क्षेत्रका ४१ परिवार आफ्नो बासस्थान छोडेर वुङचिङ डाँडामा वसोबास गरिरहेका छन् । आइतबारबाट विद्यालय लगाउने प्रयास गरेपनि निरन्तर पानी परेका कारण विद्यालय सञ्चालन गर्न नसकिएको विद्यायल व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राइले बताए ।

    पहिरोले पाँचथरको फालेलुङ ३ र १ मा बढी क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय लगाउन सक्ने अवस्था नभएको स्थानीयको भनाई छ ।

    पहिरोको कारण फालेलुङ ३ कै कालिका आधारभूत विद्यालय माङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एक हप्ताभन्दा  बढी पठन–पाठन अवरुद्ध भएको फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष वुद्धिमान सावदेनले बताए ।

    सिद्धेश्वरी माध्यमिक विद्यालय जिमाहाको कक्षा ७ मा अध्ययन एक बलिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी बालिका अझै बेपत्ता भएको सावदेनले बताए ।

    फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिबाट भित्तो खसेर केही कक्षा कोठाहरूमा क्षति पुर्‍याएको छ भने हिलिहाङ–६ स्थित लिटिल स्टार इङ्लिस वोर्डिङ स्कुल चतुरेका ७ वटा कोठाहरू भत्किएका छन् ।

    पहिरोको कारण कक्षा कोठाहरू भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएको र अन्यत्र कक्षाको व्यवस्थापन गरी विद्यालय सुचारु गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताए ।

    पहिरोकै कारण विद्यालय बन्द भएकोबारे आफूलाई कुनै जानकारी नभएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij