मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

‘स्क्रबटाइफस’बाट डेढमहिनामा दुईको मृत्यु, १३९ संक्रमित

  • प्रकाशित मिति : शुक्रबार, भदौ १६, २०७४



  • ‘स्क्रबटाइफस’ रोगबाट डेढमहिनामा जिल्लामा दुई जनाको मृत्यु हुनाका साथै १३९ जना प्रभावित भएका छन् ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना र सेन्टर अस्पतालमा एक जनामा स्क्रबटाइफसको लक्षण देखा परेको हो ।

    केसीकाअनुसार उक्त रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया अर्की एक महिलाको भदौ १० गते सेन्टल अस्पतालमा मृत्यु भएको थियो । ढिलागरी उपचार गर्न आएकाले उनीहरुको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

    गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । गत वर्षको साउन एक महिनामा स्क्रबटाइफसबाट ७९ जना प्रभावित भएकोमा यस वर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको केसीले बताए ।

    मुसाको शरीरमा हुने सुक्ष्म ‘माइट’ नामक कीराले टोकेमा यो रोग सर्ने गर्दछ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij