मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

उम्मेदवार छनोटमा सहभागी नगराएपछि पौडेल युएईतिर

  • प्रकाशित मिति : आइतवार, भदौ १८, २०७४



  • पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस शीर्ष नेतृत्वले उम्मेदवारी टुंग्याएको थियो । तर, प्रदेश नं. २ मा शीर्ष नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, खुमबहादुर खड्कासहितका नेतालाई सहभागी गराइएको छैन । उम्मेदवार छान्न सहभागी नगराइएपछि नेता पौडेल बिहीबार राति युएई पुगेका थिए । नेपाल प्रेस युनियनको कार्यक्रममा भाग लिन युएई गएका पौडेल शनिबार फर्किएका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

    के–केमा विवाद ?
    उम्मेदवार चयन गर्दा कसलाई प्राथमिकता दिने भन्नेमै नेताहरू अड्किएका छन् । ‘उम्मेदवार बन्नेहरू १९–२० को हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘कसलाई उम्मेदवार बनाउने भन्नेमा नेताहरूबीच राय बाझिएका छन् । त्यसैले ढिलाइ भइरहेको छ ।’ जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूबाट केही तहमा छुट्टाछुट्टै उम्मेदवारको सूची आउने, केहीमा गुटगत रूपमा उम्मेदवार बनाउन नेताहरूबीच राय बाझिएपछि कांग्रेसलाई उम्मेदवार टुंग्याउन सकस परेको हो । यसअघि कांग्रेसले साउनभित्रै उम्मेदवार टुंग्याएर चुनाव प्रचारमा निस्कने बताएको थियो । तर, मनोनयन दर्ताको चार दिन बाँकी हुँदासम्म पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । नेताहरू आफैँले उम्मेदवार टुंगो लागिसक्यो भने पनि त्यहाँ अझै विवाद देखिएको छ ।

    यी ठाउँमा लगभग टुंगिए
    महोत्तरीका १५, सर्लाहीका २०, सप्तरीका १८ र सिरहाका १८ गरी ७१ मध्ये अब ११ स्थानीय तहमा मात्र समस्या रहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए । रौतहट, पर्सा, बारा, धनुषाको अन्तिम टुंगो शनिबार रातभर लगाउने गरी नेताहरू छलफलमा जुटेका छन् । वीरगन्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिकासहितका केही नगरपालिका र गाउँपालिकामा भने कांग्रेसले उम्मेदवारको टुंगो लगाइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij