मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

बाढीले पुल बगाउँदा आवतजावतमा समस्या

  • प्रकाशित मिति : सोमवार, भदौ १९, २०७४



  • रौतहटको कटहरीयामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको छ । कटहरीया नगरपालिकाको बहादुरपुरमा रहेको पक्की पुलको दायाँबायाँ बाढीले कटान गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा नै कठिनाई हुँदै आएको छ ।

    सितलपुर, बैरगनिया, बिजयपुर, सन्तपुर दोस्तिया, लक्ष्मनिया लगायत गाउँका बासिन्दाहरूलाई कटहरीया बजार तथा सदरमुकाम गौर आउन/जान समस्या भएको छ । गएको साउन २९ गते नदीमा आएको बाढीले पुलको दुवैतर्फ ठूलो क्षति गरेको छ ।

    पुलको पश्चिमतर्फ बाढीले करीब ५० मिटर कटान गरेको छ । दुइवर्ष अघिमात्रै सो पुल निमार्ण सम्पन्न भएको थियो । पुलको दुवैतर्फ बाढीले कटान गरेपनि स्थानीय युवाहरूले बासको भर्‍याङ्ग राखेर स्थानीयलाई आवतजावत गराइरहेका छन् ।

    भर्‍याङ्ग चढ्दा महिलाहरूलाई धेरै कठिनाई भइरहेको स्थानीय आयसा खातुनले गुनासो गरिन् । ‘यहाँका नेताहरू अहिले भोट माग्न र टिकटको लागि व्यस्त भएकाले  हामीहरूको पीडा कसैले सुनेका छैनन् ।’ उनले भनिन्  ‘ बासको भर्‍याङ्गमा चढे बापत युवाहरूले एकजनाको २० रुपैयाँका दरले शुल्क लिने गरेका छन् ।’

    बिरामी बच्चालाई लिएर उपचार गराउन जादाँ  भर्‍याङ्ग चढ्दा  डर लाग्ने गरेको  स्थानीय साजाहा खानले बताए । बजारमा आउने बाटो नभएकाले  गाउँमै उपचार गराउँदा निको नभएपछि  बजारमा लग्नुपरेको उनले बताए ।

    पुल भत्किएको एक महिना बित्नलाग्दा पनि कुनै निकायले चासो नदिएको स्थानीय पीडितको गुनासो छ । लालबकैया पारीका बासिन्दा पुलमा सवारीसाधन नचल्दा समस्यामा परेका छन् । नदी पारीका बासिन्दा बिरामी हुँदा एम्वुलेन्स समेत चल्ने बाटो नभएको पीडित बताउँछन् ।

    बाढीले बगाएको पुलको मर्मत गर्न स्थानीयले माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij