मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

अरिंगालको गोलो पोल्दा पोखरामा घर ध्वस्त

  • प्रकाशित मिति : मङ्लबार, भदौ २०, २०७४



  • पोखराको लेकसाइडमा  सोमबार मध्यरातमा अरिंगालको गोलो पोल्दा घरमा आगलागी भएको छ। पोखरा लेखनाथ महानगरपालिका ६ शान्तिपाटन, ठाँडो पसलका कृष्णबहादुर कुँवरको पुरानो घरको अरिंगालले झ्यालमा बताएको गोलो पोल्ने बेलामा घरमा आगो लागेको हो। गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ ।

    आगो फैलँदा घर पूर्ण रूपमा क्षति भएको छ। मानवीय क्षति भने भएन।  कुँवरले नजिकै काम गर्ने मजदुरहरुलाई गरेको आग्रह बमोजिम नै उनीहरुले आगोको मुस्लो झोसेर अरिंगलको गोलो पोलेका थिए।

    अरिंगालको गोलो पोलेपछि मजदुरहरु घर तिर गएका थिए । राति साढे नौ बजेतिर झ्यालमा गोलो पोल्दा लगाईएको आगो फैलिए पछि राति ११ बजेमात्र घरको अन्य स्थानमा फैलिएको हुन सक्ने प्रहरीको भनाई छ।

    आगलागीपछि तल्लो तल्लाका सामान झिक्न भ्याए पनि माथिल्लो तल्लाबाट सामान जलेर नस्ट भएका छन्। आगोलाई स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र दमकलको साहायताले  राति १ बजे नियन्त्रणमा लिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij