मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • रुकुम । रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

    लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ ।

    असारको पहिलो साता गएको पहिरोले २ सय मिटर सडक बगाएको थियो । वर्षा सुरु भएसँगै सडकमा पहिरो खस्ने र सडक नै अबरुद्ध हुने समस्याले पैदलयात्री पनि जोखिम मोलेर हिँडडुल गर्न बाध्य छन् ।

    सात वर्षअघि सञ्चालनमा आएको यो सडकखण्डको पहिरोले वर्षेनी कटान गरी विकराल रुप लिँदासमेत सम्बन्धित निकायले भने कुनै चासो नदेखाएको आरोप स्थानीयको छ ।

    रुकुमका आठविसकोट, चौरजहारी, बाँफीकोट, पिपल, मुरु झुल्नेटा, झुल्खेतबजार, चाईनाबगर खण्डलगायतका ग्रामीण सडक पनि बन्द छन् ।

    अधिकांश ग्रामीण सडक बन्द हुँदा खाद्यान्न ओसारपसार, किनमेल गर्न तथा आवतजावत गर्न कठिनाई भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij