मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

भृकुटीमण्डपमा सुरु भयो ‘दसैँको बेला सस्तो मेला’

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • दसैँको अवसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ।  मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दसैँको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि  फाइदाजनक भएको बताए।

    दसैँको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना इभेन्ट सोलुसनले गरेको हो। बुधबारदेखि देखि ६ दिनसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दसैँका लागि आवश्यक सामग्रीहरुको कारोबार भइरहेको छ।

    मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फुडकोर्ट, होम अपायन्स र फिटनेसका  स्टलहरु रहेका छन्। एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेला चाडपर्व लक्षित भएको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले  आउने बर्षहरुमा पनि यसको निरन्तरता रहने जानकारी दिए।

    इभेन्ट सोलुसनका संयोजक जोशीले दसैँका लागि आवश्यक पर्ने  उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने बताए। ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोजक जोशीले बताए।  मेला अवधिभर ५० हजारले अवलोकन गर्ने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij