मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

प्रशासकीय अदालतको कार्य क्षेत्र विस्तार गर्ने तयारीमा सरकार

  • प्रकाशित मिति : बुधबार, भदौ २१, २०७४



  • सरकारले प्रशासकीय अदालतको कार्य क्षेत्र विस्तार गर्ने भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रशासकीय अदालतको कार्यक्षेत्र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । काठमाडौंमा आयोजित प्रशासकीय अदालतको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कर्मचारीमाथि हुने विभागीय कारबाहीहरूको पुरावेदन सम्बन्धी मुद्दा  प्रशासकीय इजलासबाटै हेर्न सकिने गरी आवश्यक कानूनको तर्जुमा भइरहेको  जानकारी दिए ।

    मन्त्री थापाले प्रशासकीय अदालतको कार्य क्षेत्र विस्तार गरेपछि सर्वाेच्च अदालतलाई न्याय सम्पादन गर्न अझै सहज हुने विश्वास  व्यक्त गरेका छन् ।

    कार्यक्रममा बोल्दै मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सबै तहको कर्मचारीहरूको काम कारबाहीमा एकरूपता ल्याउन प्रशासकीय अदालतको महत्वपूर्ण भूमिका हुने स्पष्ट पारे । उनले  प्रशासनिक प्रणाली परिवर्तन भएसँगै कर्मचारी व्यवस्थापनको काम चुनौतीपूर्ण रहेको  उल्लेख गरे ।

    सरकारले संघीय ढाँचा अनुसार कर्मचारी व्यवस्थापन गर्ने तयारी गरिरहेको छ । मुख्य सचिव क्षेत्रीले सबै तहको कर्मचारीको काम कारबाहीमा एकरूपता ल्याउनुपर्ने चुनौतीलाई सामना गर्न सम्बन्धित सबै पक्षले गम्भीर भएर सोच्ने बेला आएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij