मङ्लबार, कार्तिक १८, २०८३ | Tuesday 3rd November 2026

खुलेन दसैँको अग्रिम बस टिकट बुकिङ

  • प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४



  • दसैँका लागि आजबाट अग्रिम बस टिकट बुकिङ खोल्ने भनिए पनि यातायात व्यवसायीले आफ्ना माग सम्वोधन नभएको भन्दै बुकिङ नै गरेका छैनन्।  यसअघि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीसहितको सर्वपक्षीय छलफलले आजबाट अग्रिम बस टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।

    व्यवसायीहरुले अग्रिम बस टिकट बुकिङ नगरेपछि सर्वसाधारणमा अन्यौलता बढेको छ। काठमाडौंको गंगबु बसपार्कमा बिहीबार केही सर्वसाधारण भने अन्यौलमा देखिए। अग्रिम बस टिकट बुकिङ खुल्ने भनेर आएका सर्वसाधारण नखुलाइएपछि रित्तै फर्किन बाध्य भए।

    यातायात व्यवसायीहरुले यात्रुको सामान राख्नका लागि क्यारियर (हुट) राख्न पाउनुपर्ने माग गर्दै आएकोमा प्रक्रियागत रुपमा सो माग पुरा नभएको र सडकको जिणोद्धार गर्नुपर्नेमा सो काम नभएको भन्दै अग्रिम बस टिकट नखुलाइएको बताएका छन्।

    राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी पक्षले आफ्ना प्रतिबद्धता पुरा नगरेकाले अग्रिम बस टिकट बुकिङ खोल्न नसकिएको बताए। उनले भने ‘भोलि आउने समस्याले झन् ठूलो समस्या ननिम्तियोस् भन्ने उद्देश्यले अहिले टिकट खोल्न सकेनौँ, सरकारले प्रतिबद्धता कार्यान्वयन गरेमा हामी खोल्न तयार छौँ’ उनले भने।

    यात्रुको सुरक्षाको लागि सडकको मर्मत, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्टको व्यवस्था र यात्रुहरुको सामान राख्नको लागि क्यारिङ हाल्न पाउनुपर्ने व्यवस्था तत्काल लागू गर्नुपनृ उनले बताए। तर विभागले केही पनि प्रतिकृया नदिइएको उनको भनाइ छ।

    क्यारिङ नराखिकन सर्वसाधारणको सामान लैजान नसकिने बताउँदै उनले सडकको जिर्णोद्धार समेत नगरिएकाले असुरक्षा देखिएको उल्लेख गरे। ‘सुरक्षाको प्रत्याभुति कसले गर्ने ?, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्ट राखिएन र पहिरो गएमा बीच बाटोमै जनतालाई कति घण्टा जाममा राख्ने ?’ सिटौलाले प्रतिप्रश्न गरे।

    दसैँमा भारत र अन्य देशहरुबाट समेत लाखौँ नेपाल भित्रिने भएकाले तिनीहरुको सामान सुरक्षित रुपमा लैजाने वातावरण सरकारले नबनाएको उनको आरोप छ। ‘हामी सर्वसाधारणलाई घर पठाउन प्रतिबद्ध छौँ, यसमा दुईमत छैन तर यसको लागि विभागले अनुकुल वातावरण बनाइदिएको छैन’ उनले भने।

    दसैँमा राजधानीबाट २५ लाख बढी सर्वसाधारण बाहिरिने गर्दछन्। घटस्थापनादेखि दसैँको अघिल्लो दिनसम्म बाहिरिनको संख्या उल्लेख्य हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij