प्रकाशित मिति : बिहिबार, भदौ २२, २०७४
बिनिता शर्मा , दाङ । नेपाल ईन्जिनियर्स एसोसिएसनको प्रथम भेला आज घोराहीमा सम्पन्न भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसनका पुर्ब कार्यकारी सदस्य ईन्जिनियर मन्दिप सुबेदीको अध्यक्षता सप्पन्न भेलाले ईन्जिनियर अनन्त राज घिमिरेको अध्यक्षता ७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि राजु खनालले नयाँ कार्यसमितिलाई शुभकामना दिदै जिल्लामा आफ्नो पहलमा आएका बिकास निर्माणकार्यहरु बिबिध कारणले ढिलाइ भएको र यस संस्थाले यो कामकारबाहीमा छिटोछरितोको लागि पहल गर्ने आशाबादी भएको बताउनुभयो ।
त्यसैगरी अतिथि घोराही उपमहानगरपालिकाका उपमेयर सिता न्यौपानेले नयाँ कार्यसमितिलाई उर्जावान कार्य गर्न शुभकामना दिनुभएको छ । कार्यक्रममा शुभकामना मन्तव्य ईन्जिनियर मदन वलीले दिनुभएको थियोे भने संचालन ईन्जिनियर डिल्ली डाँगीले गर्नुभएको ईन्जिनियर मन्दिप सुबेदीले जानकारी दिनुभयो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij