प्रकाशित मिति : शुक्रबार, भदौ २३, २०७४

प्रहरीका अनुसार बा १ झ ७१६३ नम्बरको गाडीमा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्ट सवार थिए ।
कोटेश्वरबाट आइरहेको मन्त्रीको गाडीले नयाँ बानेश्वर चोक कटेपछि मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट मोटरसाइकलमा सवार रहेका एक पुरुष र महिला घाइते भएको बताइएको छ । उनीहरुको परिचय खुलेको छैन ।
दुवैको एभरेस्ट हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि सर्वसाधारणले मन्त्रीको गाडी घेरेपछि प्रहरीले उनलाई सुरक्षित त्यहाँबाट लगेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij