शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बाह्र सहकारी खारेज

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • तिलोत्तमा (रुपन्देही) । नियमअनुसार काम नगर्ने १२ सहकारीलाई डिभिजन सहकारी कार्यालयले खारेज गरेको छ ।

    लगातार दुई वर्षसम्म साधारण सभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरित काम गरेको पाइएपछि ती सहकारी दर्ता खारेज गरिएको डिभिजन सहकारी कार्यालयलका प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    खारेज गरिएकामा पर्रोहा दुग्ध सहकारी, सिमाना कृर्षि सहकारी दयानगर, चमन कृर्षि सहकारी सिनपा, तत्परता कृर्षि सहकारी सूर्यपूरा, हरितशक्ति कृर्षि सहकारी बगाहा र कोहीनुर कृर्षि सहकारी वसन्तपुर रहेका छन् ।

    यस्तै प्रमाण कृर्षि सहकारी रोहीनीहवा, किफायति कृिर्ष सहकारी बगाहा, चिरायु जडीबुटी सहकारी सालझन्डी, चण्डीका बचत तथा ऋण सहकारी संस्था हाटिवनगाई, सुसेली बचत तथा ऋण सहकारी मक्रहर, नवदुर्गा दुग्ध उत्पादन सहकारी एकला र दिब्यज्योति बहुउद्देश्यीय सहकारी करहिया पनि खोजीमा परेका छन् ।

    “अरु ४८ वटा सहकारीको पनि दर्ता खारेजी प्रक्रिया सुरु गरेका छौँ,” घिमिरेले भन्नुभयो । जिल्लाका एकसय ८९ वटा सहकारी जरिवानामा परेका छन् । ती सहकारीलाई सहकारी ऐनअनुसार रु १०० देखि रु एकहजार ५०० सम्म जरिवाना गरी रु दुई लाख १६ हजार राजस्व सङ्कलन गरिएको छ ।

    जिल्लामा ७३० वटा सहकारी रहेका छन् । ती मध्ये ३६३ बचत तथा ऋण, एकसय ९ वटा बहुउद्देश्यीय, १९२ वटा कृर्षि तथा ५३ वटा दुग्ध सहकारी रहेका छन् । यी सहकारीमार्फत वार्षिक रु १२ अर्बको कारोबार हुने गरेको बताइएको छ ।

    कार्यालयका अनुसार रु एक अर्ब ५० करोडभन्दा बढी सहकारीमा सेयर पुँजी छ भने रु आठ अर्ब बचत पुँजी रहेको छ । प्रत्यक्ष रुपमा एकहजार ३०० जनाले सहकारीमा रोजगारी पाएका छन् भने एक लाख ५५ हजार जना सहकारीमा आवद्ध रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij