शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भलले बगाएर एकको मृत्यु, एक बेपत्ता

  • प्रकाशित मिति : आइतवार, अशोज २, २०७३



  • पोखरा । पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

    पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पोखरा–१७ विरौटा चोकबाट भलले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । हुलिया खुल्न नसकेका उनको फेवा सिँचाइ नहर बिरुवा फाँटमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    बाढीकै कारण जोखिममा परेका पोखरा–२६ चङ्खपुरका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

    dpuf

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij