आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ ।

    काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो ।

    महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो ।

    भदौ १४ गतेदेखि ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान सुरु गरेको महाशाखाले आजबाट उक्त अभियान सुरु गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई आफ्नो सवारी साधनमा राखेर लैजानका लागि एक अर्को चालकबीच प्रतिस्पर्धा हुने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने भन्दै उक्त दुर्घटनालाई कम गर्न महाशाखाले यो अभियान सञ्चालन गरेको जानकारी दिए।

    सुरुमा न्यूरोडबाट सुरु गरिएको उक्त अभियानलाई काठमाडौँ उपत्यकाभरी सञ्चालन गरिने महाशाखाले जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी चालकलाई ट्राफिक जनचेतनामूलक शिक्षा दिएर चालक तथा सहचालकको बोली वचनमा परिवर्तनमा आउने बताए। उनले यो कामको सुरुवात गरेर महाशाखाले राम्रो काम गरेपनि पूर्वाधारका लागि सरकार गम्भीर हुनुपर्ने स्पष्ट पारे।

    प्रशिक्षण दिएका माइक्रोबसमा स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टिकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गर्ने महाशाखाले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij