आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

नेप्से १५ सय अंकमुनि, कारोबारमा सामान्य सुधार

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • बुधबारको गिरावटपछि नेप्से परिसूचक १५ सय अंकमुनि झरेको छ। यस दिन ९ अंकले नेप्से ओर्लिएर १४९३ अंकमा कायम भएको छ। यो अंक ५ महिनायताकै न्यून हो।

    बजारमा कारोबार रकममा सामान्य सुधार आएको छ। १६० कम्पनीको ६३ करोड ६९ लाखको कारोबार भयो। कुल पुँजीकरण १७ खर्ब ३२ अर्बमा खुम्चिएको छ।

    समूहगत घटबढ भने यस दिन मिश्रित रह्यो। बैंकिङ समूह ११ अंकले ओर्लिँदा बिमा समूह ८ अंकले बढेको छ। त्यस्तै विकास बैंक समूह २४ अंकले ओर्लिएको छ। होटल १०, जलविद्युत १२ र फाइनान्स ९ अंकले बढेका छन्।

    उत्पादन समूह २२ र अन्य समूह ६ अंकले घटेका छन्। यस दिन इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो। कम्पनीको बुक क्लोजको मिति नजिकिँदै गर्दा कारोबार रकम बढेको हो।

    ३ करोड ३१ लाखको कारोबार हुँदा उसको मूल्य घटेर प्रतिकित्ता ७४० कायम भएको छ।  जनता बैंकको २ करोड ३५ लाखको कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १९ लाखको सेयर किनबेच भयो।

    यसैबीच ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सहयोगी विकास बैंकले २० प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। गत बुधबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण तथा संस्थापक दुवैतर्फको कारोबार रद्द भएको नेप्सेले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij