आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

कोशी गाउँपालिकाका अध्यक्षद्वारा कार्यकारी अधिकृतको कार्यकक्ष तालाबन्दी

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • तपाईंलाई कुनै पनि कार्यालय प्रमुखले आफ्नै कार्यालयमा तालाबन्दी गरेको सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै घटना भएको छ सुनसरीको कोशी गाउँपालिकामा ।

    गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यकारी अधिकृत र लेखा अधिकृतले आफूखुशी गरेको गुनासो बढेपछि सुनसरीको कोशी गाउँपालिका कार्यालयको कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्य कक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

    कार्यालयमा बाहिरका व्यक्ति आएर तालाबन्दी नगरी गाउँपालिकाका कार्यकारी अधिकृत सञ्जीव राणा र लेखा अधिकृत खडानन्द घिमिरेको कार्यकक्षमा मानोमानी गरेको भन्दै गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफैं तालाबन्दी गरेका हुन्।

    कार्यकारी अधिकृत राणाले आफूखुशी काम गरेको, जनताको काम नगरेको र अनियमितता गरेको, कतै जाँदा आफूलाई कुनै जानकारी नदिइ लुकिछिपी जाने गरेको, जनप्रतिनिधि आउनुभन्दा अगाडि आएको ५२ लाख रुपैयाँको कुनै हरहिसाब नदेखाएका कारण उनीहरुको कार्यकक्षमा आफैँले तालाबन्दी गरेको अध्यक्ष अन्सारीले बताए।

    उनले काम चोर कर्मचारी र हिसाबसमेत नदेखाउने भ्रष्ट मानसिकताका कर्मचारीलाई कार्यालयमा बस्ने नैतिक आधार नभएकाले उनीहरुलाई कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको बताए।

    कर्मचारीले सामान्य मापदण्डसमेत पालना नगरेको र जननिर्वाचित अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष आएको दुई महिना बित्दासमेत आफ्नो कार्यक्रम र योजना नदेखाएको तथा परिषद्मा समेत कुनै चासो नराखेकाले आरोप लगाइएको छ ।

    कार्यकारी अधिकृत राणा भने सम्पर्कमा आउन चाहेनन् भने अन्य कर्मचारी लुकिछिपी भागेको पाइएको छ । स्थानीयवासीले भने गाउँपालिकामा भएको घटनाले आफूलाई सशंकीत बनाएको प्रतिक्रिया दिएका छन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij