आइतवार, कार्तिक १६, २०८३ | Sunday 1st November 2026

पहिरोले कटुञ्जेको ४२ घरधुरी जोखिममा, घर बनाउन सुरक्षित ठाउँ भएन

  • प्रकाशित मिति : बुधबार, भदौ २८, २०७४



  • निरन्तरको पहिरोले सूर्यगढी गाउँपालिका–२ बागेश्वरी कटुञ्जेका ४२ घरपरिवार उच्च जोखिममा परेका छन् ।

    बस्तीको तल र माथि दुवैतर्फबाट निरन्तर पहिरो बगिरहेकाले सुरक्षित स्थानमा बासस्थान मिलाउन आग्रह गरेका छन् ।

    भूकम्पका कारण आवास क्षति बेहोरेर लाभग्राही सूचीमा सूचीकृतसमेत भएका उनीहरुले प्राविधिकले ‘बस्ती असुरक्षित’ भनेपछि नयाँ आवास निर्माण गर्न बञ्चित भएका छन् ।

    पहिरोको जोखिमका कारण नयाँ घर बनाउन सुरक्षित स्थानको अभावले पीडितले घर बनाउनबाट बञ्चीत भएपछि सुरक्षित स्थानमा स्थानान्तरण र आवास निर्माणका लागि जग्गाको व्यवस्था मिलाउन पीडित परिवारले माग गरेका छन् ।

    भूकम्पले घरमा क्षति पु¥याएर पीडित भएकालाई पहिरोले बस्ती नै बगाउन थालेपछि नयाँ घर बनाउन सुरक्षित स्थानमा घडेरीको व्यवस्थापन गरिदिन प्रभावितले पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय नुवाकोटसमक्ष माग गरेका छन् ।

    भूकम्पले आवास क्षति पु¥याएर अस्थायी बासस्थान बासोबास गर्दै आएकाको सिङ्गो बस्ती पहिराको समेत जोखिममा परेकाले ज्यान जोगाउन मुश्किल भएको पीडित रुद्रबहादुर अधिकारीले बताए। “गाउँ नै बगाउन थालेपछि छाप्रो (अस्थायी बासस्थान) समेत छाड्न र खेती लगाउन पाएका छैनौँ”– अधिकारीले भने, “आवास निर्माण गर्न सरकारबाट अनुदान रकम लिए पनि सुरक्षित स्थान नहुँदा घर बनाउन पाएनौँ ।”

    सूर्यगढी–४ का वडाध्यक्ष वासुदेव अधिकारीका अनुसार विसं २०६६ देखि पहिरो बग्न थालेको कटुञ्जेमा भूकम्पपछि थप हुँदै गएको हो । भूकम्पपछि पहिराले क्षति पुर्‍याएको जमिनको परीक्षण गरेका भू–गर्भविद्ले गाउँ असुरक्षित भनेपछि दीर्घकालीन सुरक्षित स्थानको व्यवस्था गर्न पीडितले पुनःनिर्माण प्राधिकरण, गाउँ र जिल्ला दैवी प्रकोप उद्धार समितिसमक्ष समेत निवेदन दिएका छन् ।

    सरकारले जोखिम बस्तीका बासिन्दा, सुकुम्बासी, भूमिहिनका लागि सुरक्षित स्थानमा घडेरी खरिद गर्न बढीमा दुई लाख रुपैयाँसम्म दिने अथवा १० परिवार मिलेर संयुक्तरुपमा निवेदन दिएमा एकीकृत बस्तीको निर्माणमा सहयोग पु¥याउने कार्यविधि भए पनि कार्यान्वयन नहुँदा पहिरोको जोखिमका बासिन्दाको पुनःस्थापना कठिनाइ भएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij